फलामे छड बोकेको ट्याक्टरमा ठोक्किएर सैनिक जवानको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । वीरगञ्ज–कलैया सडकखण्डमा रड बोकेको ट्रयाक्टरको पछाडि ठोक्किदा एकजना सैनिक जवानको मृत्यु भएको छ।

वीरगञ्जबाट रड बोकेर रौतहटको देवाहि गोनाही आउँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा गएराती मोटसाइकल ठोक्किदा सवारी चालक सैनिक जवानको मृत्यु भएको हो ।

चितवनबाट आफ्नो घर फर्किने क्रममा कलैया उपमहानगरपालिका– १६ का राजनकुमार रामले चलाएको मोटरसाइकल बाराको सिसहनीया चौक नजिकै करिब ९ बजे ठोक्किएको थियो । प्रहरीका अनुसार टयाक्टरमा ठोक्किएका सैनिक जवान रामको शरिर भरी रड छिरेको छ ।

उहाँ चितवनस्थित नेपाली सेनाको ब्यारेकमा कार्यरत रहेको खुल्न आएको छ ।

सो घटना पछि मृतकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल, कलैया पठाईएको तथा ट्याक्टर चालक रौतहट देवाहि गोनाही– ६ टिकुलियाका ३० बर्षीय रमेश तिवारीलाई नियन्त्रणमा लिईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?