दीपकको चलचित्रमा हेमराज निर्देशक

Read Time = 2 mins

काठमाडौं । दीपकराज गिरी समूहले निर्माण गर्ने चलचित्रमा निर्देशक हेमराज वि.सी तय हुनुभएको छ । दीपकको समूहसँग हेमराजबीच लिखित सहमति भएको हो । ‘हाम्रो नेक्स्ट प्रोजेक्टलाई हेमराजले निर्देशन गर्ने पक्का भएको छ । हामीले लिखित सम्झौता गरिसकेका छौं’, दीपकले भन्नुभयो निर्माता एवं अभिनेता दीपकराज गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहनु भएको छ ।

आगामी साता चलचित्रको स्क्रिप्टलाई अन्तिम रूप दिने तयारी भइरहेको गिरीले बताउनुभयो । उहाँँले भन्नुभयो, ‘कथा हेमराजजीकै भएकाले हामीले लिएका हौं । यसअगाडि पनि दीपेन्द्र लामाजीसँग यस्तै सहकार्य भएको हो ।’ उहाँ अहिले नै छक्का पञ्जाको चौथो सिरिज हेमराजले निर्देशन गर्दैछन् भन्नु हतार हुने बताउनुहुन्छ । दीपकले अघि थप्नुहुन्छ, ‘हामीले आगामी प्रोजेक्टको लागि तय गरेका हौं । छक्का पञ्जानै गर्ने कि नयाँ नाममा तय हुन् बाँकी छ ।’

सन् २०१३ मा ‘होस्टेल’ निर्देशनसँगै नेपाली चलचित्रमा करिअर थाल्नुभएका बीसीले सम्बोधन, गाजलु, द ब्रेकअप, ग्याङस्टर ब्लुज र घामडि शेरे निर्देशन गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?