उदयपुर हेण्डबल संघको अध्यक्षमा विदुर राई

हिमालय टाइम्स
Read Time = 2 mins

-सरोज निरौला

उदयपुर । उदयपुर ह्याण्डबल संघको अध्यक्षमा विदुर राई सर्वसम्मत चयन हुनुभएकाे छ । उदयपुरको बेल्टारमा आयोजित तेस्रो साधारणसभाले राईको अध्यक्षता १७ सदस्य रहनेगरी नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा निजु श्रेष्ठ, सचिव मिलन रिजाल, सहसचिव तार्जन राई, उप सचिव पिटर राई र कोषाध्यक्षमा रञ्जना राई चयन हुनुभएकाे छ ।अन्य सदस्यहरुमा सुसन परियार, रवीन रैका मगर, राजकुमार श्रेष्ठ, सुजन श्रेष्ठ, निशा राई, सपना राई, नेप्सुहाङ राई, फुलदेव चौधरीलगायत रहेका छन ।

केन्द्रीय प्रतिनिधि शम्भू पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश प्रतिनिधिहरु खगेन्द्र राई, उदयराज भुजेल, तस्वीरा तामाङं, ज्ञानेन्द्र प्रधान र विन्दा थापाको उपस्थिती रहेको थियो । साधारणसभाले सल्लाहाकारसमेत चयन गरेको छ ।

तेजराज तिम्सिना, केशव आले, सुनिल राउत, देवराज राई, पर्वत दाहाल, भोलाचन्द्र राई, आनन्ददेव चौधरी, शशीचन्द्र राई, सगेन्द्र राई लगायतलाई सल्लाहाकारमा चयन गरेको आयोजकले जनाएको छ ।

३६ बर्ष अघि २०४४ सालमा गठन भएको उदयपुर हेण्डबल संघबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तरास्ट्रिय प्रतियोगितामा भाग लिदै उपाधि चुम्न सफल भएको निवर्तमान अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि सम्भु पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा पुर्व खेलाडिहरूले आफ्नो सामाजिक सुरक्षा र खेल खेलेर जिविकोपार्जन गर्नसक्ने वातावरण मिलाउन सरकार सँग माग गरेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?