उमेश र अनुको स्वरमा ‘साइकल सरर’

Read Time = 1 min

काठमाडौं । उमेश मुस्कान र अनु चौधरीको स्वरमा रहेको गीत ‘साइकल सरर’ सार्वजनिक भएको छ । गायक मुस्कानकै शब्द/संगीत र विशाल निरौलाले एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रमोदकुमार भण्डारीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा मोडल बिना राउत र राहुल केसीको अभिनय छ ।

भिडियोमा बिना र राहुललाई प्रेमी-प्रेमिकाको रूपमा प्रस्तुत गरिएको छ । केसिएम डिजिटलको प्रस्तुति रहेको गीतलाई रक्षा बानिँया केसी र आकाश केसीले निर्माण गर्नुभएको हो भने कार्यकारी निर्मातामा राजु केसी हुनुहुन्छ । मारुनी डिजिटल स्टुडियोमा रेर्कड गरिएको गीतमा देव दोर्जे लामाको सिनेमाटोग्राफी र नवीन निरौलाको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?