शोकमा दमकमा स्थानीय बिदा

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । दमक नगरपालिकाले बेलायती सैनिकका उच्च पदक भिक्टोरिया क्रस (भिसी) बाट सम्मानित दमकका स्व रामबहादुर बेघा लिम्बूको शोकमा आज स्थानीय बिदा दिएको छ । नगर कार्यपालिकाको आज बसेको बैठकले उहाँको शोकमा एक दिनका लागि स्थानीय बिदा दिइएको कार्यवाहक नगर प्रमुख भीमप्रसाद पौडेलले बताउनुभयो ।

शोकमा नगरपालिकाको कार्यालयसहित वडा कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था बन्द रहने उल्लेख छ । गत चैत ९ गते काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा भिसी बेघाको ८७ंं वर्षको उमेरमा निधन भएको थियो । दमक– ८ का बासिन्दा बेघा एक वर्षदेखि मिर्गौला र मुटु रोगका कारण अस्वस्थ्य रहदै आउनुभएको थियो ।

उहाँको पार्थिव शरीर दमक ल्याई दमक–६ स्थित उहाँकै आफ्नो निजी किरात माङहिमको जग्गामा किरात धर्मसंस्कृति अनुसार अन्तिम अन्त्येष्टि गरिएको अनेरी क्याप्टेन रामबहादुर बेघा लिम्बू ९भिसी० एमभिओ।प्रतिष्ठानका अध्यक्ष मोहन थेवेले बताउनुभयो । सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी सम्मान पाउनुभएको थियो । तेह« गोर्खाली भीसीमा उहाँ मात्र जीवित हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?