देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताउनुभएको छ ।

आज शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले विदेशी मुद्राको सञ्चिति १०/१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले देश श्रीलङ्का जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै वास्तविकता त्यस्तो नरहेको बताउनुभयो । भूमिसम्बन्धी आयोगले निर्धारण गरेको जग्गाको राजस्व पुनरावलोकन गरिने उहाँले बताउनुभयो । जग्गाको राजस्वको दर निकै उच्च रहेकाले घटाउनका लागि काम अगाडि बढाइने उहाँको भनाइ थियो ।

उहाँले आरक्ष विस्थापितको समस्या वर्षौंदेखि थाति रहेकाले सामाधानका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउन पहल गरिने बताउनुभयो । चौधर नदी नियन्त्रणका लागि चालू आवदेखि काम अगाडि बढ्ने उल्लेख गर्दै उहाँले जिल्लाका सनबोरा, स्याली र दोदा नदी नियन्त्रणका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइने बताउनुभयो ।

उहाँले पार्टी सङ्गठन मजबुत रहेको उल्लेख गर्दै युवा पङ्क्तिलाई भरोसा दिनुपर्ने बताउनुभयो । भ्रातृ सङ्गठनलाई तन्दुरुस्त राख्ने चुनौती रहेको धारणा अघि सार्दै मन्त्री साउदले पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा जनताका बीचमा लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । एजेण्डा र मुद्वा लिएर जनताका बीचमा जान उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?