लुम्बिनी प्रदेश: मुख्यमन्त्री चौधरीलाई विश्वासको मत प्राप्त

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएकाे छ ।

लुम्बिनी प्रदेशसभा बैठकमा उहाँले आफूलाई विश्वासको मत दिन गरेको प्रस्तावको पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । चार सिट रहेको राप्रपा तटस्थ बसेको छ ।

गत शुक्रबार मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएका चौधरीले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गर्नुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?