काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन र समृद्धिको एजेण्डा पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मंगलबार आयोजित कार्यक्रममा उहाँले सूचना प्रविधि हरेक नागरिकको जीवनशैलीको आधार बन्दै गएकाले सूचना प्रविधि अब मनोरञ्जनको साधनमात्र नभई अत्यावश्यकीय माध्यमका रूपमा स्थापित हुन पुगेको बताउनुभयो । मन्त्री शर्माले वर्तमान सरकार गठनदेखि नै सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिका साथ अघि बढाउँदै आएको दाबीसमेत गर्नुभयो । सरकारले राहदानी, राष्ट्रिय परिचयपत्र, वैदेशिक रोजगारीमा जाने नेपालीका लागि स्थानीयस्तरबाटै श्रम स्वीकृति, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालभित्रैबाट विद्युतीय स्वास्थ्य जाँच, परामर्शलगायत सेवा सरकारले सुरु गरेको उहाँको भनाइ थियो ।
महासंघका अध्यक्ष ढकालले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहित गर्न र डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारको साझेदारी आवश्यक रहेको बताउनुभएको छ ।
मन्त्री शर्माले साइबर सुरक्षामा देखिएका चुनौती सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाका लागि अध्ययन कार्य अघि बढाइसकेको र राष्ट्रिय साइबर सुरक्षाको नीति तर्जुमा कार्य अन्तिम अवस्थामा पुगेको जानकारी गराउनुभयो । सो अवसरमा उहाँले साइबर सुरक्षासम्बन्धी जानकारी प्रदान गर्न केन्द्रीय सर्ट वेबसाइट शुभारम्भ गर्नुभएको थियो । उक्त वेबसाइटका माध्यमबाट साइबर हाइजिन तथा विश्वव्यापी साइबर सुरक्षासम्बन्धी समाचार तथा लेख पढ्न सकिनुका साथै साइबर घटना, फिसिङ आक्रमण वा प्रयाससम्बन्धी रिपोर्टिङ गर्न सकिने बताइएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहित गर्न र डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारको साझेदारी आवश्यक रहेको बताउनुभयो । महासंघले सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी छुट्टै सूचना तथा सञ्चार प्रविधि विकास समिति गठन गरेको पनि उहाँले जानकारी गराउनुभयो । सूचना प्रविधिको उपयोगबाट बढीभन्दा बढी फाइदा लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको स्टार्ट अप पोलिसी तत्काल पारित गर्न, डिजिटल सिग्नेचरलाई मान्यता दिन, कर, ब्याजदरलगायतमा सुविधा दिएर सूचना प्रविधि हबको विकासमा सघाउन उहाँले आग्रह गर्नुभयो ।
पाँच विधामा आइसिटी अवार्ड प्रदान
सरकारले पाँच विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार वितरण गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाँच विधामा छ व्यक्ति तथा संस्थालाई नेसनल आइसिटी अवार्ड वितरण गरेको हो । विजेतालाई एक लाख नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । पुरुषतर्फ नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ पूर्वसहसचिव वीरेन्द्र मिश्रलाई प्रदान गरिएको छ । सरकारी सेवालाई डिजिटलाइज गर्न महत्वपूर्ण योगदान दिएको भन्दै उहाँलाई अवार्ड प्रदान गरिएको हो ।
त्यस्तै, महिलातर्फ नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ प्रा. तिमिला यमी थापालाई प्रदान गरिएको छ भने नेपालको सूचना प्रविधि क्षेत्रमा निजी क्षेत्रबाट उल्लेखनीय योगदान दिने दुर्ई कम्पनीले पनि अवार्ड पाएका छन् । इन्फोडेभलपर्स प्रालि र गभर्नेन्स अटोमेसन सोलुसन प्रालिले अवार्ड पाएका हुन् । पाँच विधामध्ये यस वर्षको नेसनल आइसिटी अवार्ड पब्लिक सेक्टरतर्फबाट सर्वोच्च अदालतले पाएको छ भने नवप्रवर्तनतर्फ प्रिक्सा टेक्नोलोजीले पाएको छ । नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्न सरकारले नेसनल आइसिटी अवार्ड वितरण गर्दै आएको छ । २०७४ जेठ १९ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन थालिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच