कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउनु हुँदैनः अध्यक्ष मगर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउनु नहुने बताउनुभएको छ ।

बुधवार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रेस जगतले निष्पक्ष,स्वतन्त्र र मर्यादित भई घृणायुक्त अभिव्यक्तिबाट पृथक भएर काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले स्वतन्त्र प्रेसका मूल्य,मान्यतालाई आत्मासाथ गर्दै आम जनतालाई सुसूचित गराउने वातावरण सरकारले तयार बनाउनुपर्ने बताउनु भयो । उहाँले मुलुकको मर्म बमोजिम प्रेसको रक्षा गर्नु सबैको दायित्व रहेको बताउनु भयो ।

त्यस्तै, पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेसलाई नियन्त्रण,आक्रमण,आफू अनकुल लेख्न लगाउने प्रवृति अझै कायम रहेको बताउनु भयो । उहाँले नेपालमा अझै प्रेसमाथि नियन्त्रण तथा आक्रमणका घटना हुँदै आएकाले नेपालमा प्रेस स्वतन्त्रताको सवालमा सुरक्षित छौं भन्ने अवस्था नभएको बताउनु भयो । उहाँले प्रेस स्वतन्त्रता माथि राज्यपक्ष तथा गैरराज्य पक्षबाट आक्रमण गर्नेलाई कानूनी रुपमा कारबाही गर्ने प्रक्रियाको थालनी हुन जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा प्रेसमाथि आक्रमण गर्नेहरु अहिलेसम्म कानूनी दायरामा आएको नपाएको बताउनु भयो ।

उहाँले अझै पनि नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानून निर्माण हुन नसकेको भन्दै सरकारले तत्काल पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानून बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले इन्टरनेटको विकाससँगै शुरु भएको डिजिटल पत्रकारिता चुनौति र अवसरको बीचमा रहेको बताउनु भयो । महासंघले पछिल्लो एक वर्ष वर्षम नेपालमा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासंघले मे ३ सन् २०२२ देखि २६ अप्रिल २०२३ सम्ममा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रेस स्वतन्त्रता हननका ५५ वटा घटनामा ९३ जना पत्रकार र आठ सञ्चार संस्था गरी एक सय एक पीडित भएको महासंघले जनाएको छ । एक वर्षको अवधिमा कब्जा अवरोधका सात, दुव्र्ययवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा, लैङ्गिक हिंसाका दुई, बिस्थापन एक र पेशागत असुरक्षाका ५५ वटा घटना भएको महासंघले जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सुर्खेतका जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक बरामद परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न ४ बजेसम्म खुल्ने सम्भावना खेतमा बेसार, किसानलाई बजारको चिन्ता मतदाता नामावली अद्यावधिक : काभ्रेमा दुई हजार ६०० मतदाता घटे रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने ट्रम्पको घोषणा, जेलेन्स्कीको आपत्ति काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने