नवौँपटक मन्त्रिपरिषद् विस्तार : धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू मन्त्री नियुक्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।  प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङ, मोहनबहादुर बस्ने र  डिगबहादुर लिम्बू मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत ११ पुसमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उहाँहरुलाई मन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

गुरूङलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

चार महिनामा प्रधानमन्त्री प्रचण्डले नवौँपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत पुस ११ पहिलोपटक मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री प्रचण्डले माघमा तीनपटक, फागुनमा दुई, चैतमा एक र वैशाखमा दुईपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३ र २० वैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?