लागुऔषधसहित पाँचजना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशका विभिन्‍न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् ।  बाँकेको नेपालगंज उपमहानगरपालिका-१३ बुलबुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सुर्खेत भेरीगंगा नगरपालिका-९ बस्ने २० वर्षीय विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध एभिल ५ एम्पुल, डाईजेपाम ५ एम्पुल, लुपिजेशिक ५ एम्पुल र फेनारागन ४ एम्पुलसहित झापा गौरादह नगरपालिका-७ बस्ने ३५ वर्षीय अशोक विकलाई  प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेजबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित चितवन भरतपुर महानगरपालिका-२१ पार्वतीपुर बस्ने ३३ वर्षीय सबिन घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका-९ बरगाछी नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ कृष्ण मन्दिर बस्ने ३० वर्षीय रोशन विश्वकर्मा र ३० वर्षीय कैलाश कुर्मी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?