इसेवाको ‘एकमा चार अफर’

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले एकमा चार अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत दैनिक एक रुपैयाँभन्दा कम रकममै आफूसहित अन्य चार आफन्त तथा साथीभाइको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिनेछ । अफरमा आफन्त र साथीभाइलाई समेत समावेश गर्न सकिनेछ । अफरमा सहभागी हुन आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न दैनिक एक रुपैयाँभन्दा कम अर्थात् वार्षिक तीन सय ६० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, परिवारका सदस्य समावेश गर्नुपरेमा हरेक सदस्यको वार्षिक दुई सय ७० रुपैयाँ शुल्क लाग्नेछ ।

आफूसहित साथीभाइ समावेश गर्नुपरेमा एकजना साथीको वार्षिक तीन सय ६० रुपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले आफ्ना प्रयोगकर्ता र आफन्त र साथीभाइलाई स्वास्थ्य तथा आइपर्ने भवितव्य एवं दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस्तो अफर ल्याएको हो । सुविधा प्रयोग गर्न इसेवाको मोबाइल एपमा गई इसेवा केयर सेवाअन्तर्गत यो प्याकेज खरिद गर्न सकिनेछ ।

कम्पनीका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई एक लाख रुपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ । प्योकजअन्तर्गत आकस्मिक उपचार र चिकित्सा परीक्षण तथा चोटपटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ । प्याकेजमा एक लाखभन्दा बढीको दुर्घटना बीमा, २४ घण्टाभन्दा बढीको अस्पतालमा भर्ना भएमा १० हजारसम्म उपचार खर्च, छाला, कपाल तथा ब्युटी केयरमा २० प्रतिशत छुट, दन्त उपचारमा पाँच सय छुट, होल बडी चेकअपमा ५० प्रतिशत छुट तथा आँखा र फिटनेस सेवामा २५ प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो अफरमा ६० वर्षभन्दा कम उमेर समूहका व्यक्तिले मात्र सहभागिता जनाउन सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?