बालिका बलात्कार कसुरमा ११ वर्ष कैद

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

मध्यविन्दु । नवलपुर जिल्ला अदालतले १६ वर्षीय बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-९ का मोहन पुनलाई १६ वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला भएका जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताउनुभयो ।

“न्यायाधीश उमेशप्रसाद लुइँटेलकोे इजालासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्तिको फैसला भएको छ”, उहाँले भन्नुभयो । पीडित बालिकालाई पुनले २०७७ साल भदौ १८ गते बलात्कार गरेको भन्दै २०७७ साल असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा उजुरी दर्ता भएको थियो ।

उजुरीपछि २०७७ साल कात्तिक ३ गते गिरफ्तार भएका पुनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । बालिकाको स्वास्थ्य परीक्षण ०७७ साल असोज २९ गते मध्यविन्दु जिल्ला अस्पताल डन्डामा गरिएको थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?