कोशी प्रदेश नामाकरणको बिरोध गर्दै किराँत समुदायले काठमाडौंमा मनाए उँभौली पर्व

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कोशी प्रदेश नामाकरणको बिरोध गर्दै उँभौली पर्व मनाइएको छ । किराँत समुदायले मनाउने उँभौली पर्व शुक्रवार देशभरका किराँत समुदायले मनाएका छन् ।

प्रकृति तथा भूमि पुजेर मनाइने यस पर्व देशभरका किराँत समुदायले प्रकृति र भूमि पूजा गरेर मनाएका हुन् । यद्यपी यस वर्ष भने पर्व मनाए सँगसँगै किराँत समुदायले कोशी प्रदेश नामाकरण गरेकोमा बिरोध पनि जनाएको छ ।

काठमाडौंको बानेश्वरमा भेला भएका किराँती समुदायले सांस्कृतिक पहिचान झल्कने नृत्य तथा बाजागाजाहरुसहित प्रदेश नामाकरणको बिरोध गरेको हुन् । सबैले आफ्नो सांस्कृतिक पोशाकसहित ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्डपनि प्रदर्शन गरेका थिए ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै किराँत राई याक्खाका अध्यक्ष जीवन राईले राज्यले आफूहरुको चाड र सांस्कृतिक पहिचानलाई बहिष्करणमा पारेकाले राज्यलाई खबरदारी गर्दै यस वर्षको उँभौली पर्व मनाइएको बताउनु भयो । उहाँले संघीयताको मर्म विपरित कोशी प्रदेश नामाकरण गरिएको भन्दै त्यसमा आफूहरु विगत दुई महिनादेखि आन्दोलित भएका कारण खुशीसाथ उँभौली पर्व मान्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राज्यले हाम्रो सांस्कृतिक पहिचानलाई, हाम्रो चाडहरुलाई बहिष्करण ग¥यो । यसको पहिचानलाई स्वीकारेन । १ नम्बर प्रदेशमा संघीयताको मुल मर्म अनुसार प्राचिन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा नामाकरण गरियोस् भनेर हामीले लामो समयदेखि आन्दोलन गरिराखेका थियौँ । पञ्चायतकालिन महेन्द्र राजाले जसरी नदी नालाको नामले नाम राखेको थियो । त्यही नामलाई कपि पेस्ट गर्ने काम भयो । १ नम्बर प्रदेशमा पहिचानको आधारमा नाम हुन्छ भन्ने कल्पना गरेका थियौँ तर त्यहाँ रातारात केन्द्रको ठूला दलहरुका शिर्ष नेताले सामान्य प्रक्रिया पनि पूरा नगरी रातारात डकैती शैलीमा कोशी प्रदेश ल्याइयो । पहिचानको बिरुद्धमा भएको कारणले गर्दा हामी सडकमा छौँ । हामी पीडामा छौँ । दुई महिनादेखि सडकमा छौँ । हाम्रो चाडपर्व खुशीको साथ मनाउनुभन्दा पनि खबरदारी, आक्रोश, पीडा व्यक्त गर्नेगरी देशभरीको विभिन्न चोकमा यसरी उँभौली मनाएका छौँ ।’

कोशी प्रदेशको नाम परिवर्तन गरी प्राचिन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा पुनः नामाकरण गर्न उहाँले माग गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?