सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नुहुनेछ । दक्षिण कोरियाको जेन्जुमा मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा सागरले पुरुष १०९ केजिमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नुहुने भएको हो ।

पेरिस ओलम्पिक छनोटका रूपमा समेत रहेको प्रतियोगितामा सहभागी हुन १३औं दक्षिण एसियाली खेलकुदका रजत विजेता सागरसहित ३ सदस्यीय नेपाली टोली दक्षिण कोरिया प्रस्थान गर्दैछ । प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन् । नेपालको खेल मे १३ तारिखमा रहेको छ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, भारोत्तोलनका मुख्य प्रशिक्षक राम पौडेल, प्रशिक्षक, खेलाडीलगायतले शुक्रबार एक कार्यक्रमबीच त्रिपुरेश्वरमा बिदाइ गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?