‘नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’ : सांसद जुग्जाली

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले केही व्यक्तिहरुले राजनीतिक प्रतिशोधका कारण ‘नक्कली शरणार्थी’ प्रकरणमा आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र म्याग्दीको पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार भेटघाटमा पार्टीका जिल्ला संयोजक समेत रहेका सांसद जुग्जालीले केही संचारमाध्यम (अनलाइन)ले प्रकाशन गरेको नक्कली शरणार्थी बनाइ अमेरिका पठाउन पैसा लिएको भन्ने समाचारको खण्डन गर्दै यस्तो भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।

आधिकारिक पुष्ट्याई, प्रमाण र तथ्य विना आफ्नो नाम र तस्विर प्रयोग गरि केही अनलाइनले प्रकाशन गरेको समाचार तथा सोही समाचारलाई आधार बनाएर सामाजिक सञ्जाल मार्फत चरित्रहत्या गर्न र विवादमा ल्याउन खोजिएको प्रति सांसद जुग्जालीले गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
“राजनीतिक पूर्वाग्रह, प्रतिसोध साध्न, भ्रम सिर्जना गराउन र विवादमा ल्याएर चरित्रहत्या गर्ने गलत नियतका साथ प्रेषित काल्पनिक सूचनालाई आधार बनाएर ‘नक्कली शरणार्थी’ प्रकरणमा मलाई जोडेर प्रकाशित समाचारको खण्डन र आरोप लगाइएको विषयमा संलग्नता नरहेको स्पष्ट पार्छु,” सांसद जुग्जालीले भन्नुभयो ।

गलत र तथ्यहित सूचनालाई आधार मानेर मेरो तस्विर प्रयोग गरेर युट्युव च्यानल र टिकटकमा एकपक्षीय हिसाबले प्रकाशित सञ्चार सामग्री र सोहीलाई आधार मानेर मेरो विषयमा दुषप्रचार गरिएकोमा घोर आपत्ति जनाउँदै दुषप्रचार गर्ने र भ्रम फैलाएर चरित्र हत्या गर्न खोज्नेहरुका विरुद्ध प्रेस काउन्सिल र नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरेको बताउनुभयो ।

आरोपको पुष्टि गर्न र प्रमाण सहित उजुरी गर्न चुनौति दिदै जुग्जालीले पिडित सर्वसाधारणको न्यायका लागि लड्ने प्रतिवद्धता जनाउनुभयो ।
“म्याग्दीबासीले जुन बिश्वास र भरोसा गर्नु भएको छ त्यो जिम्मेवारी बाट कुनै पनी हालतमा दायाँ बायाँ गर्ने छैन,” उहाँले भन्नुभयो “मेरो बल बुद्धिले भ्याए सम्म समृद्ध म्याग्दीको अभियानमा निरन्तर लाग्ने छु । सार्वजनिक व्यक्तिले विभिन्न विषयको सामना गर्नु पर्ने बारेमा म जानकारनै छु । म विरूद्ध भएका षड्यन्त्रहरूको व्यवहार बाटनै जवाफ दिदै जान्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?