नाच्न र गाउँन सानैदेखि नै हुरुक्क हुन्थे : सारिका

Read Time = 4 mins

काठमाडौं । कुनै समय नेपाली चलचित्र क्षेत्रमा राम्रो आफ्नो पहिचान बनाउनुभएकी सारिका घिमिरे यतिबेला गायिकाका रूपमा आफ्नो पहिचानलाई अग्लाइ रहनुभएको छ । एक दर्जन भन्दा बढी चलचित्रमा अभियन गर्नुभएकी उहाँ तीन दर्जन जति गीतका भिडियोमा पनि देखिनुभएको छ । पछिल्लो समय गायिकाका रूपमा ख्याती कमाउँदै जानुभएकी घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन् । अभिनयभन्दा गायन क्षेत्रमा पछिल्लो समय आफूलाई बढी सक्रिय बनाउनुभएकी घिमिरे आफ्नो बाल्यकाल लाई यसरी सम्झनुहुन्छ : 

मेरा स्कुले दिनमा म अलिक जिद्धी स्वभावकी थिए । केटाहरू खेल्ने गेम सबै खेल्थे । नाच्न भनेपछि हुरुक्कै हुन्थे । भागेर जान्थे नाच्न । गाली पनि खाइयो धेरै । गृहकार्य गर्न मलाई सबैभन्दा धेरै गाह्रो हुन्थ्यो । सानोमा मेरा सामान धेरै हराउँथे । जुता, चप्पल त कति हराउँथे कति हराउँथे । 

सानैदेखि अरूभन्दा आफू फरक खालको स्वभाव रहेको बताउने घिमिरे भन्नुहुन्छ, ‘घरबाट फिस तिर्न दिएको पैसा पनि हराए कति पटक । सानै देखिनै म अलिक फरक खालकी थिए कि जस्तो पनि लाग्छ । मैले लगाएका कुरा साथी कसैले मन पराए भने खोलेर दिन्थे । बिहान दूध किन्न जाने, दूध बाटोमा खाने अनि दूध नै दिएन भनेर घर आएको पनि केही सम्झाना छ मलाई । 

म सुनसरीको इटहरीमा जन्में । सामान्य परिवार थियो । बुबा टंकप्रसाद घिमिरे र माता रमा घिमिरेका तीन सन्तानमध्ये म जेठी हुँ । मेरा एक भाइ र एक बहिनी छन् । मेरो बाल्यकाल इटहरीमै बित्यो । हजुर आमालाई मैले सधैं भगवानजस्तै माने । मलाई संसारमा सबैभन्दा बढी माया गर्नुहुन्थ्यो उहाँ । कसैले मलाई छोयो भने लठ्ठी लिएर पिटन जानु हुन्थ्यो । गाउँमा हुँदा सबैभन्दा ठूलाठूला रूख चढ्न सक्थे म । केटीहरूभन्दा केटा साथी बढी थिए मेरा । मलाई कसैले छोए कि मैले बदला लिनै पर्ने खालको थिए । म लडाकु टाइपको थिए । कुटाकुट पथ्र्यो केटाहरूसँग । जित्न सकिन भने रोएर जित्थे ।

आठ कक्षामा पढ्दा हुनुपर्छ लभ लेटर आयो । निक्कै डर लाग्यो । लुकेर पढे । पलङ मुनि राखेको थिए त्यो पत्र ममीले देख्नु भएछ । डरले कति दिनसम्म ममीको छेउ मै परिन । धेरै जनाको लभ लेटर आयो कसैलाई रिप्लाई गरिन । सानो हुँदा हाम्रो समाजमा धेरैले डाक्टर बन्ने, इञ्जिनियर बन्ने, पाइलट बन्ने सपना देख्छन् । सबैका यस्ता सपना पूरा हुँदैनन् । तर पनि तिनले सपना देख्छन् । म नाच्ने, गाउँने सपना नै देख्थे सधैँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?