यामाहाको ‘ब्लु स्ट्रिक्स’

Read Time = 2 mins

काठमाडौं । यामाहा नेपालले यामाहा ब्लु स्क्वायर नक्सालमा आफ्नो बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ को घोषणा गरेको छ ।

कम्पनीका अनुसार यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा मोटरसाइकलबीच बलियो सम्बन्ध बनाउन डिजाइन गरिएको ब्लु स्ट्रिक्स एक रोमाञ्चक र नवीन कार्यक्रम हो, जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ ।

ब्लु स्ट्रिक्स यामाहाको आफ्ना ग्राहकसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान-मेसिन’ अन्तरक्रिया थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो । ब्लु स्ट्रिक्सको सुरुवात यामाहाका लागि महत्ववपूर्ण कोसेढुंगा भएको माउ इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘हामी सम्पूर्ण यामाहा मालिकलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौँ । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिक समुदाय सिर्जना गर्नु हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?