संकटा क्लबलाई हिमालयनको १० लाख

Read Time = 1 min

काठमाडौं । हिमालयन बैंकले शहीद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी न्युरोडस्थित संकटा क्लबलाई १० लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको छ ।

बैंकले उक्त रकम खेलाडीको खेल तयारी तथा खेलमा आवश्यक बन्दोबस्तीका सामान खरिद गर्न क्लबलाई प्रदान गरेको हो । बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीको विकास र प्रवद्र्धनमा सहकार्य गर्दै आएको छ ।

मंगलबार बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले एक समारोहबीच संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई रकम हस्तान्तरण गर्नुभयोे ।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारीका साथै वडा २२ का वडाध्यक्ष चिनिकाजी महर्जनलगायतको उपस्थिति रहेको बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?