नवलपरासीमा तीन लाख बढी मूल्यको चिनी नियन्त्रणमा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

-प्रकाश न्यौपाने

नवलपरासी । पश्चिम नवलपरासीमा तीन लाख ५६ हजार ५ सय मूल्य बराबरको अबैध चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधवार सरावल गाउँपालिका-७ बरगदवास्थित छडके चेकजाँच गर्ने क्रममा भारतबाट अबैधरुपमा ल्याउँदै गरेको ६० बोरा चिनी सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

चिनी ट्याक्टरमा लोड गरी ल्याउँदै गर्दा सशस्त्र प्रहरीको गस्ती टोलीदेखि ट्राली छोडी ट्याक्टर लिएर भगेका हुन ।

चिनीको बिल बिजक नभेटिएपछि नियन्त्रणमा लिएको चिनी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीको सूचना अधिकारी रोशन घिमिरेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?