सूर्तीजन्य प्रदार्थको कर बढाउन पहल गर्ने स्वास्थ्यमन्त्रीको भनाइ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सूर्तीजन्य प्रदार्थको कर बढाउन पहल गर्ने बताउनु भयो।  स्वास्थ्य पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अर्थतन्त्र बिग्रिएको बेला सूर्तीजनय पदार्थ कर बढाएर क्यान्सरका बिरामीको उपचारमा राहत पुग्ने बताउनु भयो

सूर्तीजन्य प्रदार्थको कर नेपालमा एसियाको सबैभन्दा थोरै रहेको छ । विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य प्रदार्थको कर ७५ प्रतिशतसम्म बढाउनुपर्ने सुझाव दिर्दै आएको छ ।

नेपालमा सूर्तीजन्य पदार्थको कर न्यून रहेको र नेपालमा अर्थतन्त्र बिग्रिएको बेला कर बढाएमा क्यान्सर रोगको उपचारमा सहज हुनुका साथै सूर्तीजन्य प्रदार्थको सेवनमा पनि कमी आउने उहाँको भनाइ छ ।

सूर्तीजन्य पदार्थ नखाएर स्वास्थ्य जोगिने र खाए राज्यको कर बढ्ने उहाँको भनाइ छ। साथै मन्त्री बस्नेतले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै लैजाने बताउनु भयो ।

मन्त्री बस्नेतले स्वास्थ्यको बजेटको सिलिङ ४० प्रतिशत बजेट घटेको बताउँदै आफू मन्त्रालय आएदेखि बजेट बढाउन पहल गरेको दाबी गनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?