धादिङमा हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले फरार प्रतिवादीहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । सो अभियान अन्तर्गत हात हतियार खरखजना मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं.१ केराबारी बस्ने केराबारी कान्छा भन्ने बिनोद बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गुरुङलाई हातहतियार खरखजाना सम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतले २०७८ मंसिर १४ गतेको आदेशले ४ महिना कैद र पाँच हजार जरिवाना तोकेको थियो ।

फरार रहेका गुरुङलाई खोजतलास गर्ने क्रममा बैशाख २६ गते मंगलबार पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि बैशाख २७ गते बुधबार कारागार कार्यालय धादिङ चलान गरिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?