परराष्ट्रमन्त्री साउद आज बंगलादेश जाँदै

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज बंगलादेश जाँदै हुनुहुन्छ ।

‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ सहभागी हुन परराष्ट्रमन्त्री साउद आज बंगलादेशको राजधानी ढाका जान लाग्नुभएको हो ।

‘हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने’ मूल कार्यपत्रमा छलफल गर्न मन्त्री साउद बिहान ११ बजे ढाका प्रस्थान गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । बेलायतका राजा चार्ल्स तृतियको राज्याभिषेकमा सहभागी भएर बुधबार मात्र उहाँ स्वदेश फर्कनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?