मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं र दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौंको तार्केश्वर नगरपालिका-६ चिसापानिमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

चिसापानी बस्ने नुवाकोटको नौकुण्ठ गाउँपालिका-२ घर भएका ३३ वर्षीय पासाङ्ग लोप्चन तामाङको मृत्यु भएको हो । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका तामाङको ग्रिनसिटि अस्पताल सामाखुशीमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

धर्मस्थलीबाट तिनपिप्लेतर्फ जाँदै गरेको  रा १ ख २७३४ नम्बरको ट्रिपरले सोही दिशा तर्फ जाँदै गरेको  बा ३४ प १००७ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो । टिप्पर चालकलाई प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ । शवलाई भने पोष्टमार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।

यता दाङको घोराही उपमहानगरपालिका-१४ स्थित आर्मी ब्यारेक नजिक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रोल्पाको रुन्टिगढी गाउँपालिका-३ का २१ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा मृत्यु भएको हो । रा १ ख १२०१ नम्बरको बसले नेपाली सवार रा ३ प ४२ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?