प्रधानमन्त्रीले बोलाएको बैठकमा नगएका मेयर बालेन सामुदायिक विद्यालयको निरीक्षणमा पुगे

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरपालिकाले सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको निरीक्षण गर्नुभएको छ।

यता शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सिंहदरबारमा फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठक बोलाएको थियो । तर, उक्त कार्यक्रममा मेयर शाह सहभागी हुनु भएन । उहाँ महानगरले हरेक साता शुक्रवार हुने पूर्वनिर्धारित ‘शिक्षामा सिप’ कार्यक्रममा सहभागी हुन पुग्नुभएको थियो । प्रधानमन्त्रीले डाकेको बैठकमा काठमाडौं महानगरबाट प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी सहभागी हुनुहुन्थ्यो ।

महानगर भित्रका सामुदायिक विद्यालयहरूमा हरेक साता शुक्रवार हुने उक्त ‘शिक्षामा सिप’  कार्यक्रमको प्रभावकारिता र कार्यान्वयन कसरी भइरहेको छ भन्ने निरीक्षण गर्ने क्रममा आज मेयर शाह जमलस्थित नेपालकै पहिलो विद्यालय दरबार हाई स्कुल र पध्मोदय माध्यमिक विद्यालयमा पुग्नुभएको थियो ।

ती दुई विद्यालयका कक्षाकोठामा विद्यार्थीहरुसँगै बसेर उहाँलगायतको टिमले अवलोन समेत गरेको थियो ।

उक्त निरीक्षणको क्रममा विद्यालयका शिक्षकहरूसँग स्रोत साधन र मानव संसाधनको अवस्था बारेमा समेत बुझेको उहाँले बताउनु भएको छ । सामाजिक सञ्जाल फेस बुक मार्फत मेयर बालेनले भन्नुभएको छ– यो निरीक्षणले विद्यार्थी र शिक्षकहरू सँग थप नजिक भएको महसुस भएको छ।’

निरीक्षणमा विभागीय प्रमुख, स्कुल व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतको टिम सहभागिता रहेको उहाँले बताउनु भएको छ ।

महानगरले पुस्तक विहीन शुक्रबारका कार्यक्रम अन्तर्गत थालेको तालिमबाट विद्यार्थीहरूले व्यवहारिक र जीवनोपयोगी सीप प्राप्त गर्न सक्ने मेयर बालेको भनाइ छ । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताउँदै उहाँले यसले विद्यार्थीहरूमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुने बताउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?