सप्तरीमा युवकको हत्या, शंकास्पद तीन जना नियन्त्रणमा

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा आइतबार हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला परेको छ ।

रुपनी गाउँपालिका वडा नम्बर १, रायपुरस्थित रुपनी राजविराज सडक खण्ड अन्तर्गत रोडदेखि २५ मिटर पश्चिम खेतमा शम्भुनाथ नगरपालिका वडा नम्वर २ खैरबनाका २२ वर्षीय मो. तफेजुलको शव फेला परेको हो ।

तफेजुललाई शनिबार राति नै हत्या गरी खेतमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट घटनास्थलमा तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?