म्यान्मामा २६.४ केजी हेरोइन बरामद

Read Time = 1 min

यांगुन । म्यान्माको मण्डले क्षेत्रबाट २६.४ किलोग्राम हेरोइन बरामद गरिएको छ । अधिकारीले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६.४ किलोग्राम हेरोइन बरामद गरेको लागूऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले उल्लेख गरेको गरेको छ । गोप्य सूचनाका आधारमा लागूऔषधविरुद्धको कारबाहीमा प्रहरीले मे ७ मा मण्डलेको बस स्टेशनमा एउटा गाडीबाट अर्को गाडीमा सारिएको बोराको खोजी गर्दा साबुन कन्टेनरमा रहेको २६.४ केजी हेरोइन बरामद गरेको हो ।

सो अवैध कारोबारमा संलग्न रहेको आशंकामा पाँच संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ । बरामद लागूऔषधको मूल्य लगभग ६६६० मिलियन क्याट (३१४,२८५ अमेरिकी डलरभन्दा बढी) रहेको बताइएको छ ।

संदिग्धहरूलाई लागूऔषध र साइकोट्रोपिक पदार्थ कानुनअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको बताइएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?