कमललाई दोहोरो पदक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका कमल मगरले उमा (डब्लुयुएमए) युरोपियन च्याम्पियनसिपमा दोहोरो पदक जित्नुभएको छ । कमलले चाइनिज क्रिएटिभमा स्वर्ण तथा वेपन्स फर्ममा कांस्य जितेको नेपाल उमा कुङ्फु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सञ्जितकुमार राईले जनाउनुभएको छ ।

इंग्ल्याण्डको ग्लोसस्टरमा भएको प्रतियोगितामा कमलले चाइनिज क्रिएटिभमा आठ खेलाडीलाई पछि पार्दै पहिलो स्थान हात पार्नुभएको हो । वेपन्स फर्ममा कमलसहित सात खेलाडी सहभागी थिए । यसअघि कमलले इंल्याण्डमा भएको उमा विश्व च्याम्पियनसिपमा स्वर्ण, क्रोएसियामा भएको विश्वकपमा स्वर्ण, अस्ट्रियामा भएको विश्वकपमा रजत तथा थाइल्याण्डमा भएको साण्डा बक्सिङमा रजत जित्नुभएको थियो । कमलको व्यवस्थापकमा नेपाल उमा कुङ्फु संघ, कोशी प्रदेशका सदस्य सुरेन राई रहनुभएको छ ।

नेपाल उमा कुङ्फु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थले कमललाई निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर उमा कुङ्फुसँगै राष्ट्रको गरिमा उच्च बनाउन सफल भएकोमा बधाई दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?