पूर्वगृहमन्त्री खाँणको बयान आज पनि लिइँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सोमबार नसकिएपछि आज पनि लिइँदैछ । पक्राउ परेको छैटौ दिनमा मात्रै प्रहरीले उहाँको बयान लिन थालेको हो ।

उहाँको सोमबार बिहान सरकारी वकिलको रोहबरमा बयान लिइएको थियो । सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार सोमबार बयान नसकिएको भन्दै मंगलबार पुनः उहाँको बयान लिन लागिएको हो ।

मोबाइलको फरेन्सिक ल्याबबाट रिपोर्ट ल्याएपछि उहाँको बयान लिनको लागि सरकारी वकिल कार्यालयमा लगिएको थियो । गत बुधबार प्रहरीले उहाँलाई मैजुबहालबाट पक्राउ गरेको थियो ।

यस्तै आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ पर्नुभएका टोपबहादुर रायमाझीको पनि सोमबारै बयान लिइएको थियो । उहाँहरूसहित १३ जनालाई अदालतले दिएको म्याद बुधबार सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?