सरु र रेनुकाको टोली सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीका मिडफिल्डरद्वय सरु लिम्बू र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट फुटबल क्लब भारतीय महिला लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वाटरफाइनलमा हप्स फुटबल क्लबलाई २-१ ले पराजित गर्दै किकस्टार्टले अन्तिम चारमा स्थान बनायो । खेलको १७ औँ मिनेटमा काभिया पक्किरिसमीले किकस्टार्टका लागि पहिलो गोल गर्नुभयो ।

यस्तै, रेणु रानीले ६२औँ मिनेटमा बराबरी गोल फर्काउँदा इन्जुरी समयमा किओको एलिजाबेथले गोल गर्दै किकस्टार्टलाई जित दिलाउनुभयो ।

किकस्टार्टका लागि नेपाली खेलाडीद्वय रेनुका र सरु दुवैले सुरुवाती रोजाइमा खेल्नुभएको थियो । सरुले ९० मिनेट मैदानमा बिताउँदै रेनुकालाई भने ७४औँ मिनेटमा परिवर्तन गरिएको थियो । उहाँको स्थानमा मैदान प्रवेश गर्नुभएकी एलिजाबेथले नै किकस्टार्टका लागि निर्णायक गोल गर्नुभयो ।

यस्तै, अर्की नेपाली खेलाडी रेखा पौडेलको टोली स्पोर्ट्स ओडिसा भने इस्टर्न स्पोर्टिङ युनियनसँग टाइब्रेकरमा ४-२ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरियो । निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । ६७औँ मिनेटमा ल्हिंगेदेकिमको गोलमा इस्टर्नले अग्रता लियो । मनिषा नाइकले ८०औँ मिनेटमा बराबरी गोल फर्काउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?