काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अर्थतन्त्रको जग माथि उठाउन लघु, घरेलु तथा साना उद्योगका स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उहाँले पर्यटन पनि उद्योग नै भएको भन्दै पर्यटन उद्योग र मुलुकका लघु, घरेलु तथा साना उद्योगलाई जोडेर लैजानुपर्ने बताउनुभयो । उहाँले महासंघले नेपाल सरकारसँगको सहकार्यमा आगामी मंसिरमा गर्ने ‘सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रवद्र्धन कार्यक्रम-२०८०’ लाई मन्त्रालयका तर्फबाट सहकार्यका लागि सकारात्मक सहयोगको प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
महासंघले हरेक वर्ष आयोजना गर्ने गरेको औद्योगिक प्रदर्शनीको आगामी शृंखला नेपालको १७औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा घरेलुु उद्योग महोत्सव-२०८० यस वर्ष सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रवद्र्धन कार्यक्रम-२०८० को नामबाट सरकारसँगको सहकार्यमा नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय उद्योग व्यापार महासंघ मिलेर आगामी मंसिरमा आयोजना हुने महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिनुभयो ।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिवप्रसाद कट्टेल, महासंघका उपाध्यक्ष हरिहर थापालगायतको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच