नक्कली शरणार्थी मुद्दामा पार्टीका नेताहरुको नाम जोडिँदा पार्टीको गरिमामा आँच पुग्यो : डा. कोइराला

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नक्कली भूटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु नहुने बताउनु भयो ।
उहाँले काँग्रेस पार्टीको नेताहरु नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिनुले काँग्रेसको गरिमामा आँच आएको बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको बताउनु भयो । उहाँले कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने बताउनु भयो । उहाँले देशको नागरिकलाई अनागरिक बनाइ मानवबेचबिखन गरेर विदेश पठाइदिने काम लज्जाको विषय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राजनीतिक परिस्थिति अत्यन्त गम्भीर छ, झनै नेपाली काँग्रेस पार्टीको परिस्थिति पनि गम्भीर छ । नेपाली काँग्रेसभित्र अहिले जुन घटनाहरु भइरहेको छ, हाम्रै साथीहरु नक्कली भूटानी शरणार्थीको मुद्दामा फस्नुभएको छ, फसाइएको छ, त्यसले नेपाली काँग्रेसको मात्रै होइन, नेपालीकै शिर निहुरिएको छ, यति लज्जास्पद र राष्ट्रघाती काम भएको छ देशमा, यसलाई कुनै ढाकछोप गर्नु हुँदैन, यसलाई हामीले ढाकछोप गर्ने कोशिस गरेमा नेपाली काँग्रेसको अवस्था के हुन्छ म भन्न सक्दिन, अहिले अफ्ठ्यारो स्थ्तििमै पार्टी छ, देशकै अवस्था नाजुक हुन्छ, यो विषय अन्तर्राष्ट्रियकरण भइसकेको छ, सहजै यो मुद्दा चलिरहेको छैन, नेपाली प्रहरीलाई यत्रो तागत त्यसै आइरहेको छैन, कुनै बहानामा कसैले कुनै किसिमको गलत काम गरेको भए दण्ड हुनैपर्छ । यो मुद्दालाई कमजोर बनाउने चिन्ता हामी सबैलाई लागेको छ । देशको नागरिकलाई अनागरिक बनाइ मानवबेचबिखन गरेर विदेश पठाइदिने भनेको त यो भन्दा लज्जास्पद कुरा के हुनसक्छ ।’

नेता कोईरालाले देशको अर्थतन्त्र दयनीय रहेको बताउनु भयो । उहाँले मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी रहेको बतउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?