मोचा आँधीमा परी म्यान्मामा ८१ जनाको मृत्यु, एक सयभन्दा बढी बेपता

Read Time = 1 min

नेपिट । म्यान्मारमा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसंख्यक रोहिगिंया मुसलमानको बसोवासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीले बताएका छन् ।

राखिनको राजधानी सित्तवेको उत्तरमा अवस्थित राथेदाउङ गाउँको मठ भत्किँदा १३ जनाले ज्यान गुमाएका तथा सोही गाउँको छिमेकमा भवन भत्किँदा एक महिलाको मृत्यु भएको सरकारी टेलिभिजन एमआरटिभीले जनाएको छ ।

आँधीका कारण एक सयभन्दा बढी हराइरहेकाले ज्यान गुमाउनेको संख्या अझै बढ्ने बुमा गाउँका प्रमुख कार्लोले बताउनुभएको छ । रासस/एएनआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?