गुल्मीमा पशु प्राविधिकसँग अन्तरक्रिया

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीमा पशु प्राविधिकहरुसँग अन्तरक्रिया गरिएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरि बाह्र स्थानीय तहमा रहेका प्रशु प्राविधिकहरुसँग अन्तरक्रिया गरिएको हो ।

प्राविधिकहरुसँग समन्वय, सहकार्य गरी आगामी आर्थिक वर्षको कार्यक्रम तयार गर्ने उदेश्यका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको पशु चिकित्सक डा.भरत काफ्लेले जानकारी दिनुभयो ।

निमित्त कार्यालय प्रमुख समेत रहँनुभएका डा.काफ्लेका अनुसार अन्तरक्रिया एवम् गोष्ठी कार्यक्रममा स्थानीय तहका प्राविधिकहरुको अनुभव आदानप्रदान समेत गरिएको हो । हालसम्म कार्यालबाट भए गरेका र आगामी हुने कार्यक्रमहरु बारेमा उहाँले अन्तरक्रियामा जानकारी गराउनुभयो ।

त्यस्तै, अन्तरक्रियामा सहभागी पशु प्राविधिकहरुले प्राविधिक बिमा र निःशुल्क रेबिज खोपको व्यवस्था गर्नुपर्ने बताएका छन् । पछिल्लो समयमा देखिएको लम्पी स्किन रोगको माहामारीलाई नियन्त्रण गर्न सबैले जोड दिएका थिए । लम्पी स्किन रोगको माहामारीले गोरुहरु संक्रमित छन् । अब धान लगाउने समय पनि बिस्तारै नजिकिदैछ, यसमा नकारात्मक असर पर्ने देखिएको पनि उनीहरुले उल्लेख गरेका छन् ।

त्यसअवसरमा जिल्ला समन्वय समिति गुल्मीका समन्वय प्रमुख द्रोणबहादुर खत्रीले स्थानीय सरकार र प्रदेश सरकारबीचको समन्वय जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्लो समय पशुमा देखिएको लम्पी स्किन रोगलाई नियन्त्रण गर्न पालिकाहरु अन्य विपद् न्यूनीकरणमा जस्तै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, जिल्ला समन्वय अधिकृत सृजना मिश्र र यस जिल्लाका बाह्र स्थानीय तहका पशु प्राविधिहरुलगायतको उपस्थिती रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?