सिंजा गाउँपालिका-१ का शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका – १ का शतप्रतिशत वालवालिका विद्यालयको पहुँचमा पुगेको घोषणा गरेको छ । सो वडाका ४ देखी १६ बर्षका सवै वालवालिका विद्यालयमा पहुँच पुगेको वडाध्यक्ष हरिनन्द आचार्यले बताउनुभयो ।

सिंजा गाउँपालिकाको आयोजना तथा विभिन्न साझेदार निकायको सहयोगमा वडापालिकाका सवै वालवालिका विद्यालय वाहिर घोषणा गरिएको हो । गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्य, सिंजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकाया, प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिर, प्लान नेपालका एशिया क्षेत्रका निर्देशक रामकिसन सहितका अतिथि, वडापालिकाका सवै विद्यालय, स्थानीय र सरोकारवाला निकायको उपस्थितिमा सिंजा गाउँपालिकाको वडानम्बर १ लाई शतप्रतिशत वालवालिका विद्यालय जाने घोषणा गरेका छ ।

सिंजा गाउँपालिका १ अन्तरगत ४७७ घरधुरीका ८६५ जना वालवालिका तथा सवैवालवालिका विद्यालय पहुँमा रहेका रहेका छन । जसमा मालिका मा.वि धापामा ७४८ जना वालवालिका, देउराली आ।वि डिग्रामा ७० वालवालिका, कुलदेव आ.वि प्याकुरेवाडामा ४७ जना विद्यार्थी रहेकाछन् । विद्यालयको पहुचमा शतप्रतिशत वालवालिका घोषणा कार्यक्रममा गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले वालवालिकालाई विद्यालयमा झिकाउने, सिकाउने, टिकाउने र विकाउने सिद्धान्तनुसार सवैको प्रथामिकता हुनुपर्नेमा जोड दिनुभयो ।

जुम्लाले कर्मचारीतन्त्रमा ठूलो फड्को मारेको भन्दै अझ शिक्षाको आधार वलियो वनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले सिंजा क्षेत्रका सवालमा तिनै वटा तह एक स्थानमा भएर उभिनुपर्नेमा जोड दिनुभयो । सिंजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले सिंजाले १ नम्बर वडाबाट सवै वालवालिका विद्यालयमा रहेको घोषणा गरेकाले यसको निरन्तरता गाउँपालिकाभरीको प्रयास गरिनुपर्नेमा जोड दिनुभयो । प्लान नेपालका एशिया क्षेत्रका निर्देशक रामकिशनले प्लानले शिक्षा क्षेत्रमा अझै वालवालिका क्षेत्रमा प्रथामिकतामा जोड दिदै आएकोमा बताउदै जुम्लामा शिक्षा क्षेत्रमा भएको प्रगतिको प्रशंसा गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले शिक्षालाई प्रथामिकता दिएमा हाम्रो जीवनको महत्व त्यसैमा हुने बताउनुभयो । सिंजा गाउँपालिका १ का अध्यक्ष हरिनन्द आचार्यको अध्यक्षतामा सम्पन्न सभामा सिंजा गाउँपालिकाका प्रवक्ता तथा सामाजिक शाखा प्रमुख तिर्थवडले सरकारको सवैका लागि शिक्षा निति अनुसार सिंजा गाउँपालिकाले यो अभियान शुरु गरेको बताउदै शिक्षा क्षेत्रमा प्रथामिकता रहेको बताउनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?