सेयर बजार ३२‍.३० अंकले वृद्धि

Read Time = 1 min

काठमाडौं। सेयर बजार ३२‍.३० अंकले वृद्धि भएको छ । बुधबार २३ अंकले बढेको सेयर बजार बिहीबार ३२.३० अंकले बढेको हो । नेप्से परिसूचक १.७५ प्रतिशतले बढेर १८७७ को विन्दुमा कायम हुन पुगेको छ ।

लगानीकर्ताहरुमा उत्साह थपिँदा बिहीबार एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक ट्रेडिङ उपसूचक ३.७१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.७५ प्रतिशतले बढेको छ ।

यसदिन २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३३ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एनआइसी एसिया बैंक परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?