आगामी बजेटमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश प्राथमिकतामा राखिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा मानव सूचाकांकमा पछि परेका मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्ने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासका लागि आगामी बजेटमा प्राथमिकतामा राखिने जानकारी दिनुभएको हो ।

वित्त क्षेत्रको लगानीलाई उत्पादनको क्षेत्रमा खर्च गरिने जानकारी दिएको उहाँले लघुवित्तको प्रभावकारितालाई ध्यानमा राखिने जानकारी दिनुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?