विश्व अर्थतन्त्रको टाउकामाथि झुण्डिएको मन्दीको बोझ

Read Time = 20 mins

यतिबेला अन्तर्राष्ट्रिय मुद्राकोषकी प्रबन्ध निर्देशक क्रिस्तालिना ज्योर्जिएभाले प्रष्ट र खुलस्तरूपमा के स्वीकार गरेकी छन् भने यस वर्ष २०२३ मा विश्व अर्थव्यवस्थाको गति कति हदसम्म मन्द हुनेछ भने अर्थतन्त्रको पूरै एक तिहाइ हिस्सामा सकल घरेलु उत्पादनमा पूरै यथार्थ संकुचन उत्पन्न हुन जानेछ । त्यसबारे सुस्पष्ट पार्दै उनले भनिकी छन्- अमेरिका, युरोपेली संघ र चीन विश्वका प्रमुख तीन आर्थिक व्यवस्थामा नै आर्थिक गति मन्द हुन जानेछ ।

यीमध्येमा तेस्रो अर्थात् चीनमा यसो हुनुमा नयाँ भेरिएन्टको कोरोनाको बढ्दो उछाल एक प्रमुख कारण हो भन्ने उनले उल्लेख गरेकी छन् । ज्योर्जिएभाको के अनुमान छ भने यी तीन अर्थव्यव्स्थाको तुलनामा अमेरिकाको प्रदर्शन अन्य दुई अर्थव्यवस्थाभन्दा राम्रो रहने अमेरिकाको श्रम बजारमा आउँदै गरेको जीवन्तताले दर्शाएको उनको कथन छ । वास्तवमा अमेरिकाको श्रम बजारको यो स्थितिले विश्व अर्थतन्त्रमा केही भरोसा गर्न सकिने आर्थिक स्थिति होला कि त भन्ने बताइँदैछ ।

मजदुरी र समृद्धिको सम्बन्ध मुद्राकोषले पनि मान्यो ? हुन त क्रिस्तिना ज्योर्जिएभाका यी पछिल्ला टिप्पणीहरूका पनि दुई तत्व छन् । पहिलो के भने अन्तर्राष्ट्रिय मुद्रा कोषसमेतले चाहे त्यसको कुनै निहीतार्थ नै किन नहोस्, के स्वीकार गरेको छ भने वर्तमान स्थितिमा विश्व अर्थव्यवस्थाका लागि राम्रा सम्भावना यसैमा निहीत छन् कि अमेरिकामा मजदुरहरूको आयमा त्यत्ति बढी गिरावट आउने स्थिति नआओस् । अन्तर्राष्ट्रिय मुद्रा कोष एउटा यस्तो संस्था हो जसले आफ्नो आर्थिक स्थिरीकरण-सहढाँचागत समायोजन नीतिहरूको अभिन्न अंगको रूपमा निकै व्यवस्थित तरिकाले मजदुरीमा कटौती गर्ने कुराको वकालत गर्दै आएको छ । चाहे त्यो कटौती तलबको रूपमा होस् या सामाजिक मजदुरीका रूपमा । यस्तो संस्थाले अब मजदुरहरूको तलबको भूमिकाको यस वास्तविकतालाई स्वीकार गर्नु स्वागतयोग्य हुँदा हुँदै पनि आश्चर्यकारी त छ नै ।

२०२३ मा अमेरिकाको राम्रो हुने मानिएको आर्थिक प्रदर्शन पनि त्यति राम्रोसँग चल्नेखालको परिघटना हुने देखिँदैन । अनि त्यसैले, अमेरिकी अर्थव्यवस्थाको प्रदर्शनमा कुनै पनि कमजोरीको समग्रतामा विश्व अर्थव्यवस्थामा प्रतिकूल प्रभाव पर्नेछ ।

निःसन्देह कतिपय मानिसले के भन्न सक्दछन् भने ज्योर्जिएभाले त अमेरिकाका मजदुरहरूको बजारको जीवन्ततलाई अमेरिकाको आर्थिक प्रदर्शनको परिणामको रूपमै हेरिरहेकी छन्, त्यसको कारणको रूपमा होइन । तैपनि उनले यसलाई एउटा ‘आशिर्वाद’का रूपमा हेरेकी छैनन् जसका कारणहरूमाथि दृष्टि दिइनुपर्दछ । यसमा कुनै सन्देहको गुञ्जाइस छोडिएको छैन कि उनले मजदुरहरूको आमदानीको मागलाई थामिराख्ने किसिमको भूमिकालाई पहिचानी रहेकी छन् ।

अन्य कतिपय मानिसले के भन्न सक्दछन् भने अन्तर्राष्ट्रिय मुद्रा कोषको स्थिरीकरण-सहढाँचागत समायोजन नीतिहरू सामान्यतः संकटमा फसेको अर्थव्यवस्थाका लागि र त्यस्ता संकटबाट बाहिर निस्कने उपायहरू नै पेश गर्ने गरिएको छ- विकासका लागि कुनै ‘रामबाण’ औषधि जस्तो । यसकारण यसै आधारमा विकासका सम्बन्धमा मुद्रा कोषको समझदारीमा परिवर्तन आएको कुरा गर्नु सही हुने छैन । तथापि आज मुद्रा कोषले जे भनिरहेको छ त्यसको निश्चित रूपमा त्यससँग मेल खाँदैन कि जुन कुरा आम रूपमा उसले भन्दै आएको छ । उसले अहिले व्यावहारिक रूपले त यही भनिरहेको छ कि अमेरिकामा श्रम बजार जीवन्त हुनु उसको आर्थिक श्रमृृद्धिका लागि लाभदायक छ ।

यसबाट त के प्रश्न खडा हुन्छ भने त्यसो हो भने अन्य अर्थतन्त्रहरूलाई पनि कि, भलै उनीहरूले संकटको सामना किन गरिरहेका नहुन्, आफ्नो देशमा श्रमको बजारलाई जीवन्त बनाएर राख्न र आफ्नो संकटबाट टाढा, कतिपय बढी प्रत्यक्ष उपायद्वारा जस्तो कि आयात नियन्त्रण तथा मूल्य नियन्त्रणबाट सामना गर्ने कोसिस किन नगर्ने ? यसरी मुद्रा कोषले यो स्वीकार गर्नु कि अमेरिकामा श्रम बजर जीवन्त हुनु, उसको आफ्नो अर्थव्यवस्थाका लागि र यसकारण समग्रतामा विश्व अर्थव्यवस्थाका लागि पनि लाभकारी छ, आधारभूत रूपमा ती सबै कुराको विरुद्ध जान्छ जसको मुद्रा कोष आमरूपमा वकालत गर्दै आएको छ र कम्तीमा वर्तमान नवउदारवादी कालखण्डमा त वकालत गर्दै नै आएको छ ।

विश्व मन्दीको अत्यन्तै निराशाजनक भविष्यवाणी :
यो मुद्रा कोषका शीर्ष अधिकारीको टिप्पणीमा दोस्रो विडम्बनात्मक तत्व ती अधिकारीको यो स्वीकारोक्ति हो कि श्रम बजार यसरी जीवन्त हुनु जहाँ अमेरिकामा समृद्धिका लागि लाभदायक हुनुले त्यहाँ यो मुद्रास्फीतिको दरलाई उच्च राखिरहेको हुनेछ, जसले उसको फेडरल रिजर्भ बोर्डलाई ब्याजदर अरू बढाउन बाध्य पारिरहेको होस् । यसका स्पष्ट रूपले दुई निहीतार्थ छन् : पहिलो यसको अर्थ के भने अमेरिकामा वृद्धि दर तत्कालिक रूपमा त आर्थिक सुस्तीबाट कम प्रभावित हुनेछ तर फेरि आउँदा महिनामा अपरिहार्यरूपले यस वृद्धिदरमा अंकुश लगिरहने स्थिति छ । किनभने फेडरल रिजर्भ बोर्डद्वारा व्याजदर बढाइँदै गरेको हुन्छ ।

यसरी यो २०२३ मा अमेरिकाको राम्रो हुने मानिएको आर्थिक प्रदर्शन पनि त्यति राम्रोसँग चल्नेखालको परिघटना हुने देखिँदैन । अनि त्यसैले, अमेरिकी अर्थव्यवस्थाको प्रदर्शनमा कुनै पनि कमजोरीको समग्रतामा विश्व अर्थव्यवस्थामा प्रतिकूल प्रभाव पर्नेछ । आउँदा महिनामा विश्व मन्दीको स्थिति अझ नराम्रो हुन जानेछ । यो कुरा दोस्रो शब्दमा भनिँदा यही मानिएको ठहर्छ कि भलै २०२३ मा विश्व अर्थ व्यवस्थाको एक तिहाइमा नै मन्दी चलिरहेको होओस्, अगाडि गएर अर्थव्यवस्थाको अझ ठूलो हिस्सा मन्दीको शिकार भइरहेको हुनेछ । यो त निश्चितरूपमा वर्तमान मुकाममा विश्व पुँजीवादको विकासका सम्भावनालाई लिएर त्यसका कुनै शीर्ष प्रवक्ताको मुखबाट सुन्न पाइएको सबैभन्दा निराशाजनक भविष्यवाणी हो ।

हालैका दिनमा विश्व बैंकले पनि पुँजीवादी विश्वको टाउकामाथि गम्भीर मन्दी मडारिइरहेको हुने चेतावनी दिँदै आइरहेको छ र विशेष रूपमा तेस्रो विश्वको अर्थव्यवस्थाका लागि यसको निहीतार्थमाथि चर्चा गर्दै आएको छ । २०२२ को सेप्टेम्बरमा उसले एक आलेख नै प्रकाशित गरको थियो जसमा उसले २०२३ मा विश्व अर्थव्यस्था वृद्धिको १.९ प्रतिशत नै रहने अनुमान प्रस्तुत गरेको थियो । तर, मुद्राकोष र विश्व बैंक दुवै टाउकामाथि मडारिइरहेको मन्दीका लागि मुख्यतः युक्रेन युद्धलाई तथा त्यसले गर्दा पैदा भएको मुद्रास्फीतिलाई नै अझ चालु तरिकाले कोरोना महामारीलाई पनि जिम्मेवार ठहराउँदछन् ।

सरी उनीहरू मन्दीको वर्तमान खतराको पछाडि वर्तमान मुद्रास्फीतिको जवाफमा हरेक ठाउँमा व्याजदर बढाउनुकै हात रहेको देख्दछन् । तर, ती संस्था यसलाई पहिचान गर्न कुनै किसिमले तयारै छैनन् कि यो टाउकामाथि माडारिइरहेको संकटको पछाडि नवउदारवादी अर्थव्यवस्थाबाट पैदा भएको संकटको हात हुनसक्छ ।

मुद्रास्फीतिको संकट युक्रेन युद्धभन्दा पहिलादेखिकै हो :
पहिलो प्रष्ट कुरा त यो हो कि ती संस्थाहरूको यो विश्लेषण नै गलत छ । युक्रेन युद्ध सुरु हुनुभन्दा धेरै पहिलादेखि नै विश्व अर्थव्यवस्था कोभिड प्रभावबाट बाहिर निस्कन सुरु गर्दागर्दै मुद्रास्फीतिले टाउको उठाउनु सुरु गरिसकेको थियो । त्यति बेला यो मुद्रास्फीतिका लागि महामारीका कारण आपूर्ति शृंखलामा बाधा पर्नुलाई नै जिम्मेवार मानिँदै थियो, यद्यपि धेरै मानिसले त्यतिबेला त्यस विश्लेषणप्रति असमति जनाएका थिए ।

त्यति बेलै उनीहरूले के ध्यानाकर्षण गराएका थिए भने आफूर्तिहरूमा कुनै वास्तविक बाधाभन्दा निकै बढी यो मुद्रास्फीतिकारी उछाल ठूल्ठूला कर्पोरेसनद्वारा अभावको डरले आफ्नो मुनाफाको अनुपात बढाउनाले नै पैदा भइरहकोे थियो । युक्रेनको युद्ध त यसभन्दा पहिलादेखि नै चल्दै आएको मुद्रास्फीतिको पृष्ठभूमिमा आइपरेको थियो र पश्चिमा शक्तिहरूद्वारा रुसका विरुद्ध प्रतिबन्ध लगाउन जानाले बडो उदारतापूर्वक मुद्रास्फीतिमा योगदान गरेको थियो ।

विश्वमा कच्चा तेलको मूल्यमा आएको उतार-चढावले यस निष्कर्षलाई नै पुष्टि गर्दछ कि यो मुद्रास्फीतिकारी उछाल युक्रेन युद्धबाट पैदा भएको होइन । कच्चा तेलको मानक उच्च मूल्यमा बढोत्तरी मुख्यतः २०२१ मा त्यतिबेला भएको थियो जब विश्व अर्थव्यवस्थाले महामारीबाट बाहिर निस्कन सुरु गरेको थियो । २०२१ को आरम्भ र यसै वर्षको अन्त्यको अन्त्यका बीच कच्चा तेलको मूल्यमा ५० प्रतिशतभन्दा बढीवृद्धि भएको थियो र त्यो मूल्य ५०.३७ डलर प्रतिब्यारेलबाट बढेर ७७.२४ डलर प्रतिब्यारेल पुगिसकेको थियो । तर, २०२२ मा युक्रेन युद्ध हुँदाहुँदै यो मूल्य ७८.२५ डलरबाट बढेर ८२.८२ डरल प्रतिब्यारेल पुग्यो अर्थात् यसमा ५.८ प्रतिशतको मात्रै वृद्धि भएको थियो ।
स्मरण रहोस् कि मूल्यवृद्धिको पछिल्लो समयको दर त सबैभन्दा विकसित पुँजीवादी देशहरूमा मडारिइरहेको मुद्रास्फीतिको वर्तमान दरभन्दा कमै छ, जब कि आमरूपमा के दाबी गर्ने गरिँदै आएको छ भने तेलको मूल्य बढ्नाले नै मुद्रास्फीति बढिरहेको छ । निश्चय नै रुसका विरुद्ध प्रतिबन्ध लगाएको तत्कालै पछि विश्व बजारमा तेलको मूल्यमा उछाल आएको थियो र २०२२ को बेलामा यो मूल्य १३३.१८ डलर प्रतिब्यारेलको स्तरसम्म पनि पुगेको थियो । तर, त्यसपछिदेखि यो मूल्य तीव्र रूपमा तल झर्दै आएको थियो ।

वर्तमान मुद्रास्फीतिका लागि केवल युक्रेन युद्धलाई नै जिम्मेवार ठहराउनु भ्रामक मात्रै होइन, तेलको मूल्यमा वृद्धिका लागि पनि आफैंमा युद्ध होइन बरू पश्चिमा देशहरूद्वारा लगाइएको रुसमाथिको प्रतिबन्ध नै जिम्मेवार देखिन्छ ।

यसकारण वर्तमान मुद्रास्फीतिका लागि केवल युक्रेन युद्धलाई नै जिम्मेवार ठहराउनु भ्रामक मात्रै होइन, तेलको मूल्यमा वृद्धिका लागि पनि आफैंमा युद्ध होइन बरू पश्चिमा देशहरूद्वारा लगाइएको रुसमाथिको प्रतिबन्ध नै जिम्मेवार देखिन्छ । यसका अतिरिक्त उक्त धारणा गलत छ, किनभने यसो हुँदैनथ्यो भने उक्त प्रतिबन्धका कारण पैदा भएको मूल्यमा भएको वृद्धि तल झर्नुका साथै आमरूपमा मूल्यवृद्धि तल झर्नुपर्ने थियो, जुन भएन ।

यो संकट त नवउदारवादी व्यवस्थामै निहीत छ :
यद्यपि कुरा केवल बृटन वुड्स संथाहरूको विश्लेषण गलत हुनुमात्रै होइन । यसभन्दा पनि बढी उल्लेखनीय के तथ्य छ भने स्वयं आफ्नो विश्लेषणको दायरामा पनि उनीहरूसँग यसको कुनै परिप्रेक्ष पनि छैन कि यो विश्वमन्दी समाप्त कसरी हुने हो ? यदि उनीहरूको वास्तवमा यो मान्यता हुन्थ्यो भने कि आफूतिर बढ्दै आएको मन्दीको संकटका लागि युक्रेन युद्ध नै जिम्मेवार छ, तब त उनीहरूले कम्तीमा पनि यसको कामना त गरेका हुने थिए कि यो युद्ध शीघ्र समाप्त होओस् । तर, यो कुरा त पश्चिमी साम्राज्यवादलाई स्वीकार्य छैन । ऊ त यो लडाइँलाई लामो समयसम्म लम्ब्याउन चाहन्छ, जसबाट रुसलाई विस्तारै विस्तारै कमजोर तुल्याएर झुक्न बाध्य पार्न सकियोस् ।
त्यसै कारणले यी दुई जुम्ल्याहा विश्व संस्थाले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकले यो युद्धका बारेमा आफ्नो कुनै राय नै राखेनन् ।

यतिबेला यो युद्ध समाप्त हुने विषयमा ती संस्था यदि मौन रहन चाहन्थे भने पनि मुद्रास्फीतिकारी यो संकटको सामना गर्नका लागि ब्याजको दर बढाउन तथा यसरी मन्दीलाई उन्मुक्त गर्नका अतिरिक्तत अरू कुनै बाटो सुझाउन त सक्थे । तर मुद्रा कोष र विश्वबैंकहरू स्वतन्त्र बजारका प्रति त यत्तिका पक्का छन् कि उनीहरू ब्याजदरको वृद्धिको मन्दी पैदा गर्ने प्रभावमाथि खेद त जनाउँछन् तर मुद्रास्फितिमा अंकूश लगाउनका लागि सिधैं मूल्य नियन्त्रण जस्तो कुनै अन्य कदमका बारेमा विचार गर्नसम्मका लागि पनि तयार हुने गर्दैनन् ।

यसैगरी हुन त विश्व बैंकका अध्यक्ष डेभिड मालपास ऋणको बोझबाट दबिएका तेस्रो विश्वका देशहरूसँग सहानुभूति अवश्य जनाउने गर्दछन् जसले आउँदा महिनाहरूमा यस मन्दीको मार झेल्नु नै पर्नेछ र यो पनि स्वीकार गर्दछन् कि तिनका टाउकामाथि लादिएको ऋणको बोझको ठूलो हिस्सा त यी व्याजको उच्च दरहरूको कारणलले नै चढेको हो । तर पनि उनको भाषणमा खुद ब्याज दर घटाउने बारेमा कतै एक शब्द पनि हुँदैन, राखिँदैन । अर्को शब्दमा भन्नुपर्दा बृटन वुड्सका यी दुबै संस्थाहरू विश्वका गरिबहरूको चिन्ताको कुरा त धेरै नै गर्ने गर्दछन् तर उनीहरूको मद्दतका लागि कुनै ठोस कदम उठाउन तयार हुँदैनन् ।

यस स्थितिले केवल यी संस्थाहरूको गलत रवैयामात्रै देखाउँदैन यसले अझ गहिरो अर्कै सत्यलाई उद्घाटित गर्दछ । त्यो के हो भने विश्व पुँजीवाद आज साँच्चै नै एउटा गम्भीर र चर्को गतिरोधमा फसेको छ । बितेका अनेकौं वर्षदेखि पश्चिमा साम्राज्यवादको जुन ढाचा विकसित भएको छ त्यसलाई यदि तिनले सुरक्षित बनाएर राख्ने हो भने ती विकिसत राष्ट्रहरूले युक्रेन युद्धलाई लम्ब्याइरहनुपर्नेछ । अनि यस स्थितिमा जबसम्म मन्दी तथा त्यसले गर्दा बेरोजगारी पैदा गरिँदैन मुद्रास्फीतिको वर्तमान उच्च दरबाट कोही बच्न सक्दैन । यसर्थ विश्व पुँजीवादको यो बाटो पक्रिने कुरामा कसैले आश्चर्य मानिरहनुपर्ने छैन । त्यसैले बरू आजको यथार्थ आवश्यकता के हो भने यस स्थितिको प्रतिरोध गरिनु पर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?