बालिका बलात्कार आरोपमा फरार एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

-सरोज निरौला
उदयपुर । बालिकालाई जवरजस्ती करणी गरेर फरार एक आरोपीलाई उदयपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत वैशाख १३ गते एक १४ वर्षीया बालिकालाई जवरजस्ती गरी फरार सप्तरीको सुरुङ्गा नगरपालिका ३ चहका स्थायी घर भएका ३० वर्षीय श्रवण श्रेष्ठ शुक्रबार पक्राउ परेका हुन् ।

घटना घटाएलगत्तै फरार रहेका श्रेष्ठलाई खोजवीनको क्रममा उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्तमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार उनलाई लालपत्ता प्रहरी चौकीमार्फत पक्राउ गरी जिल्ला प्रहरीमा ल्याइएको छ ।

आरोपी श्रेष्ठलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर थप अनुसन्धान सुरु भएको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?