संसदमा केपी ओलीको प्रश्न- ओम्नी र बालुवाटार जग्गा काण्डको छानबिन गर्न कसले रोक्यो ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओम्नी, बालुवाटार जग्गासहितका काण्डको छानबिन गर्न सरकारलाई कसले रोक्यो भनेर प्रश्न गर्नुभएकाे छ ।

शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उहाँले तथाकथित ओम्नी खरिद काण्डको छानबिन गर्न कसले रोक्यो भन्दै प्रश्न गर्नुभएकाे हाे ।

सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता लिने बताएको भन्दै उहाँले बालुवाटारको ललिता निवास जग्गा, मातातीर्थको जग्गा, सर्दु जलाधार क्षेत्रको सट्टा भर्ना, धोबी खोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद् काण्ड, वाइडबबडी काण्ड, क्यान्टोनमेन्ट प्रकरणलगायतका विषयमा अनुसन्धान गर्न सरकारलाई कसले रोकेको भन्दै प्रश्न गर्नुभएकाे हाे ।

एमाले सबै कालखखण्डमा भएका भ्रष्टाचारका विषयमा छानबिन गर्न तयार रहेको र यसमा सरकारलाई सहयोग गर्न पनि तयार रहेको ओलीको भनाइ छ ।

यस्तै, उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउन खोजिएको आरोप लगाउनुभएकाे छ ।

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन र दोषी उम्काउन खोजिएको भन्दै आपत्ति जनाउनुभएकाे हाे  । प्रमुख तीन दलका शीर्ष नेताहरुको बीच भएको भेटमा दोषी उम्काउन खोजिएको भनेर भएको टिप्पणीप्रति आपत्ति जनाउँदै उहाँले भ्रष्टाचारविरुद्ध भएका छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताउनुभयाे ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?