चेल्सीलाई हराउँदै सिटीले उचाल्यो ट्रफी

Read Time = 2 mins

लण्डन । एक दिनअगाडि इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले आइतबार राती चेल्सीलाई पराजित गर्दै ट्रफी उचालेको छ । चेल्सीलाई एक-शून्यले पराजित गरेसँगै सिटीलाई ट्रफी हस्तान्तरण गरिएको थियो । सिटीको जितमा पहिलो हाफमा जुलियन अल्भारेजले निर्णायक गोल गर्नुभयो ।

च्याम्पियन बनेपश्चात् सिटीलाई चेल्सीसँगको खेलपछि ट्रफी प्रदान गरिएको छ । सिटी लगातार तेस्रोपटक च्याम्पियन बनेको हो । यस जितसँगै च्याम्पियन बनिसकेको सिटीको ३६ खेलबाट ८८ अंक पुगेको छ । पराजित चेल्सी ३६ खेलबाटै ४३ अंक जोडेर १२औँ स्थानमा छ ।

यता, पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको छ । अक्सेरेमाथि दुई-एकको संघर्षपूर्ण जित निकाल्दै पिएसजी उपाधि नजिक पुगेको हो । अब पिएसजीले लिग वानको उपाधि जित्न बाँकी रहेको दुई खेलबाट एक अंक जोडेमा पनि कीर्तिमानी ११औँ पटक च्याम्पियन बन्नेछ ।

अक्सेरेमा आइतबार राती भएको खेलमा पिएसजीको जितमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोल गर्नुभयो । घरेलु टोली अक्सेरेका लासिन सिनायाकोले एक गोल फर्काउनुभयो ।

डिफेण्डिङ च्याम्पियन पिएसजी दोस्रो स्थानमा रहेको लेन्सभन्दा ६ अंकले अघि छ । उपाधि सुनिश्चित गर्न अन्तिम दुई खेलबाट एक अंकमात्र चाहिन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?