खल्तीको अफर

Read Time = 3 mins

काठमाडौं । खल्तीले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्तीबाट भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर ल्याएको छ । अफरअन्तर्गत प्रयोगकर्ताले हरेक लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यासब्याक पाउनुका साथै वानप्लस ११ जित्ने मौका पनि पाउनेछन् । अफर खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत रहेको छ, जहाँ खल्तीबाट आफ्नो नेपाल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्तामध्ये एक भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप वानप्लस ११ स्मार्टफोन, हरेक हप्ता स्मार्ट टिभी, स्मार्टब्याण्ड, ‘खल्ती प्रो’ को मेम्बरसिप जित्न सक्नेछन् ।

साथै खल्ती प्रयोगकर्ताले कुनै पनि दुई सेवाको भुक्तानी गरी ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा सहभागिता जनाउँदै पल्सर एन १६० जित्न पनि योग्य हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले आफ्नो बीमा प्रिमियम वा सय रुपैयाँभन्दा माथिको कुनै भुक्तानीमा करोडौंको उपहार र कुपन भएको स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भन्नुभयो, ‘खल्तीको द बिगेस्ट पेमेन्ट जात्राअन्तर्गत उपलब्ध गरेको विभिन्न अफरले प्रयोगकर्तालाई डिजिटल भुक्तानीप्रति आकर्षित गर्ने कुरामा हामी विश्वस्त छौँ ।

साथै अनलाइन भुक्तानी गर्न रुचाउने भएकाले अभियानमा विशेष अफर प्रदान गर्दैछौँ ।’ नेपाल लाइफ प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्तालाई एक हजार क्यासब्याक जित्ने अफर जेठ ३२ सम्म मान्य हुनेछ भने बाँकी बम्पर उपहार प्रयोगकर्ताले असार ३१ गतेसम्म जित्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?