शास्त्र भन्छः बिहीबार यी काम गर्न हुँदैन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । बिहीबारलाई धार्मिक दिन मानिन्छ । बिहीबार देवताहरूका गुरु बृहस्पतिको दिन हो । यसदिन भगवान विष्णु र गुरु बृहस्पतिको आराधाना गरिन्छ।

ब्रम्हाण्डमा अवस्थित नौ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। तर, बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्य हुन्छन् जुन बिहीबारको दिन गर्नु उचित मानिँदैन।

१. कपाल नुहाउनु हुँदैन, २. रौं काट्नु हुँदैन, ३. दारी काट्ने वा नङ काट्ने, ४. भारी कपडा धुनु र फोहोर गर्नु हुँदैन, ५. लक्ष्मीको मात्र पुजा पनि गर्नु राम्रो मानिदैन।

कपाल नुहाउनु हुँदैनः शास्त्र बिहीबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरूले बिहीबार कपाल नुहाउनु अशुभ मानिन्छ ।

महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । विहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

कपाल वा दारी काट्नु हुँदैनः विहीबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ ।

विहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

नङ काट्न हुदैनः बिहीबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ ।

बिहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि विहीबार नगर्नु नै उत्तम हुन्छ ।

भारी कपडा धुनु हुँदैनः बिहीबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । विहीबारको दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । बिहीबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहीबार नगर्नु नै राम्रो हुन्छ ।

लक्ष्मीको मात्रै पूजा गर्नुहुदैन : बिहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पूजा गर्दा लक्ष्मीको मात्र पूजा गर्नु हुँदैन । पूजा गर्दा लक्ष्मी नारायणको पूजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

दक्षिणपश्चिम कोण तर्फ फकेर पूजा नर्गनुस् : बिहीबारको दिन दक्षिण, पूर्व, दक्षिणपश्चिम कोण तर्फ भई पूजा गर्नु हुँदैन। विशेष गरी दक्षिण तर्फ किनकी यो दिशामा भ्रामकता छ।

केरा नखानु : बिहीबार केरा खानु हुँदैन । बरु केराको बोटको विधिवत पूजा गर्ने व्यवस्था छ ।

-यस लेख विभिन्न माध्यम, ज्योतिषी र शास्त्रबाट संकलन गरिएको हो । यसमा हाम्रो आधिकारिकता छैन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?