तातोपानी गाउँपालिकाको चालू आर्थिक वर्षको १० महिनासम्म ९३ प्रतिशत योजनाको कार्य सम्पन्न

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको चालू आर्थिक वर्षको वैशाखसम्म ९३ प्रतिशत योजनाको कार्य सम्पन्न गरेको छ । असारे विकासको अन्त्य गर्नको लागि साउन र भदौ महिनामा ८० प्रतिशत अयोजनाको सर्भे र माघ मसान्त भित्र ९० प्रतिशत योजना सम्झौता गरेको गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले जानकारी दिनुभयो ।

पालिका भित्रका आठवटै वडाका हालसम्म ९३ प्रतिशत योजनाको कार्य सम्पन्न भएका छन् । ८१.६७ प्रतिशत योजनाको अन्तिम भुक्तानि दिन सफल भएको गाउँपालिका अध्यक्ष चौलागाईले भन्नुभयो ,'बैशाख मसान्त भित्रै ८१.६७ प्रतिशत योजनाको भुक्तानि दिदै जिल्लाकै पहिलो पालिका बनेको छ । जस अन्तर्गत वित्तिय समानिकरण अन्तर्गतका चालु र पुजिगततर्फ ८ वटै वडामा रहेका १३१ वटा योजना मध्ये १०७ वटा योजनाहरुको अन्तिम भुक्तानि दिने सफल भएको छ ।'

चालु आर्थिक वर्षमा पुँजीगत तर्फ विनियोजित २६ करोड ९२ लाख ३३ हजार मध्ये हालसम्म १० करोड ४९ लाख ८४ हजार अर्थात ३८.९९ प्रतिशत खर्च भएको छ । पालिका स्तरबाट संचालित योजनाको भुक्तानि बढी र पुँजिगत खर्च कम देखिनुमा संघ र प्रदेशको बजेटबाट ठेक्का मार्फत संचालित योजनाको रकम खर्च हुन बाँकी रहेको छ ।

विषयगत क्षेत्र अन्तर्गत आर्थिक विकासमा ५०.१३ प्रतिशत, सामाजिक विकासमा ५५.६५ प्रतिशत, पूर्वाधार विकासमा ३५.१० प्रतिशत, वन वातावारण तथा विपद् व्यवस्थापनमा ८६.०४ प्रतिशत र शुसान तथा संस्थागत विकासमा ५०.७५ प्रतिशत रकम खर्च भएको प्रमुख प्रशासकिय अधिकृत तिर्थवहादुर कठायतले बताउनुभयो ।

जनप्रतिनिधि र कर्मचारीका बिचमा भएको समझदारी अनुसार विकास निर्माणका कामलाई रफ्तारमा अघि बढाउन सकिने भएको छ । समयमै अख्तियारी नआउने र असोज कार्तिकमा चाडपर्वका कारणले विकास नहुने, कार्तिक मंसिरमा चिसोले काम नहुने र चैत पछि असार सम्म हुने विकास निर्माणको प्रक्रियालाई ब्रेक गर्नको लागि वैशाख महिनामै अन्तिम भुक्तानि गर्ने परिपाटिको विकास गरिएको प्रमुख प्रशासकीय अधिकृत कठायतले जानकारी दिनुभयो ।

विकास निर्माणका कार्यलाई तिव्रगतिमा अगाडि बढाउनका लागि पालिकाले सबै पक्षसँग समन्वय र सहकार्यको माध्यमबाट काम गरेको तातोपानी गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?