रोहटो मेन्थोलाटमको डिलर मिट

Read Time = 2 mins

काठमाडौं । रोहटो मेन्थोलाटम नेपालले काठमाडौंमा नेसनल डिलर मिट तथा प्रोडक्ट लन्च कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा दुई सयभन्दा बढी डिलरको सहभागिता थियो । कार्यक्रमको उद्देश्य डिलरको सहयोग, समर्थन, तालिम र व्यावसायिक सम्भावना वृद्धि गर्ने रहेको कम्पनीले जनाएको छ ।

सो अवसरमा कम्पनीले मेलानो सिसी ब्राण्डमा लोसन, एसेन्स, जेल र मास्क सार्वजनिक गरेको थियो । त्यस्तै, सनप्ले स्किन आक्वा ब्राण्डमा सिल्की हृवाइट जेल, क्लिर हृवाइट मिल्क, युभी सनस्क्रिन हृवाटनिङ लोसन, टोनअप ल्याभेन्डर र रोज पनि सार्वजनिक गरेको थियो ।

कम्पनीका अनुसार मेलानो सिसी जापानी ब्राण्ड हो । कार्यक्रममा रोहटो मेन्थोलाटम नेपालका अध्यक्ष हिरोफुमी शिरामास्तु र प्रबन्ध निर्देशक सुनसुके सिनोडाले डिलरहरूलाई धन्यवाद दिनुभएको थियो । कम्पनीकी ब्राण्ड एम्बासडर अभिनेत्री उपासना सिंह ठकुरी हुनुहुन्छ । रोहटो मेन्थोलाटम सन् १८९९ मा ओसाका जापानमा स्थापना भएको थियो भने नेपालमा सन् २०१८ देखि भित्रिएको हो । कम्पनीको कारखाना बनेपामा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?