नवपुस्तकालयको वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नवपुस्तकालयको वार्षिकोत्सव भव्यरूपमा सम्पन्न भएको छ । सुकेधारा नजिक धोवीखोला ढलाने पुल किनारमा स्थापना भएको नवपुस्तकालयले मानव पुस्तकको प्रस्तुति गत एक वर्षयता नियमित रूपमा गरिरहेको छ । साहित्यकार प्रा.विष्णुप्रसाद पन्त, वरिष्ठ चिकित्सक डा.अर्जुनदेव भट्ट, साहित्यकार तथा मुक्तिनाथ दर्शन साहित्यिकका संस्थापक अध्यक्ष हरिभक्त सिग्देलसहितको प्रयासमा स्थापित मानव पुस्तकालयमा अहिले पाँच हजारभन्दा बढी विविध विधाका कृतिहरू संकलित छन् ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा हरिभक्त सिग्देलद्वारा रचना गरिएको ‘एकमात्र’ कविता संग्रहको लोकार्पणसमेत गरिएको थियो । लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले कविता संग्रहको विमोचन गर्दै मानव पुस्तकको विगत र यसको उपादेयतासहित वर्तमान प्रशासनिक मनोविज्ञान र राजनीतिको सूक्ष्म विश्लेषण गर्नुभएको थियो ।

संस्थापक अध्यक्ष प्रा.विष्णुप्रसाद पन्तको सभापतित्वमा संपन्न समारोहमा एक वर्षसम्म मानव पुस्तकका रूपमा पुस्तकालयमा सहभागी हुनुभएका २४ जना व्यक्तित्वलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

निवर्तमान लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मानव पुस्तकका रूपमा पूर्वगृहसचिव सुशीलजंग बहादुर राणा र साहित्यकार प्रल्हाद पोख्रेलले आफ्ना अनुभवबारे विस्तृत जानकारी दिनुभएको थियो ।

कार्यक्रममा समाचार तथा विचारबाट योगदान दिएकोमा हिमालय टाइम्स राष्ट्रिय दैनिकलाई सम्मानित गरिएको थियो भने मानव पुस्तकका रूपमा : युवराज मैनाली, मदनकुमार भट्टराई, विष्णुप्रसाद पन्त, डा.जितेन्द्रदेवध्वज खाँण, गोपी मैनाली, मदनकुमार भट्टराई, गिसुपनिख प्रसिको, डा.सुरेशचन्द्र चालिसे, डा.अर्जुनदेव भट्ट, डा.केशवकुमार श्रेष्ठ, कलानिधि दाहाल, कृष्णप्रसाद बस्याल, प्रा.पुरुषोत्तम दाहाल, दिनेशहरि अधिकारी, सुरेन्द्रराज शर्मा चालिसे, तिलकप्रसाद लुइँटेल, दीपकराज पौडेल, रामकुमार श्रेष्ठ, हरिभक्त सिग्देल, दुर्गाप्रसाद अर्याल, जयमुकुन्द खनाल, परशुराम पौडेल, शास्त्रदत्त पन्त, खेम कोइराला बन्धु, सुशीलजंगबहादुर राणा, प्रहृलाद पोख्रेल सम्मानित हुनुभएको थियो ।

अध्यात्म चिन्तक तथा कवि/साहित्यकार, मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौंका संस्थापक अध्यक्ष हरिभक्त सिग्देलको पैतालीसौं कृति ‘एकमात्र’ मुक्त कवितासंग्रहको अन्तर विवेचना कवि/समालोचक ठाकुर शर्मा भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा विभिन्न कविहरूले रचना पाठ गरेका थिए । रचना पाठ गर्नेहरूमा नारायणप्रसाद निरौला, श्रीराम क्षेत्री, रामचन्द्र घिमिरे, रामचन्द्र दाहाल, सुरेश वैद्य, महेशप्रसाद रिजाल, दीपकराज पौडेल, सुन्दर खड्का, रञ्जु दाहाल, थरेन्द्र बराल, लक्ष्मी मुडभरी, कल्पना दाहाल हुनुहुन्थ्यो ।

समारोहमा स्वागत मन्तव्य वरिष्ठ युरोलोजिष्ट डा.अर्जुनदेव भट्टको थियो भने धन्यवाद ज्ञापन युवराज मैनालीले गर्नुभएको थियो । यसै सन्दर्भमा सम्मानित व्यक्तित्वमध्ये गिसुपनिख प्रसिको, जयमुकुन्द खनाल र पुरुषोत्तम दाहालले मन्तव्य प्रकट गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?