सिएट टायरको सोरुम बालकुमारीमा

Read Time = 3 mins

काठमाडौं । नारायणी अटो बिजनेस प्रालिले सिएट सपी नामक सिएट टायरको सोरुम ललितपुरको बालकुमारीमा स्थापना गरेको छ । सिएट इण्डियाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले आइतबार एक कार्यक्रमबीच उद्घाटन गर्दै सिएट टायरको नयाँ सोरुमले नेपाली ग्राहकको बदलिँदो इच्छा एवं आवश्यकतालाई सर्वाेत्कृष्ट ढंगले परिपूर्ति गर्ने विश्वास व्यक्त गर्नुभयो । सिएट इण्डिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाई नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि उहाँले बताउनुभयो ।

नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएटजस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाउँदा गौरव अनुभव भएको भन्दै सोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न कोशेढुंगा साबित हुने बताउनुभयो ।

सिएट इण्डियाका नेपाल र भुटानका कन्ट्री मेनेजर राजपाल चड्डाले सिएट टायरको गुण एवं विशेषताबारे चर्चा गर्नुभयो । सिएट टायरका नेपालस्थित आधिकारिक बिक्रेता एसटिसीका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले भन्नुभयो, ‘यस टायर लामो समयदेखि नेपाली ग्राहकको पहिलो रोजाइमा पर्न सफल ब्राण्ड हो । हामी निरन्तर ग्राहकलाई गुणस्तरीय एवं भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिबद्ध छौँ ।’ सोरुम उद्घाटनका अवसरमा सिएट टायरको मोडलअनुसार पाँचदेखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । अन्य उस्तै खालका टायरभन्दा उत्कृष्ट कार्यक्षमताका लागि सिएटले फाइभ स्टारको मान्यता प्राप्त गरेको तथा गाडीको चक्कामा सरल एवं सन्तुलित तवरले प्रयोग गर्न सकिने सिएटमा सुरक्षाका विशेषता रहेकाले इन्धन खपत न्यूनीकरण गर्न पनि सहयोग पुग्ने कम्पनीको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?