महाराजगञ्जमा पनि चिया सागर

Read Time = 2 mins

काठमाडौं । चिया पारखी गफिने नयाँ अड्डा चिया सागरले काठमाडौंको नयाँ बानेश्वरपछि महाराजगञ्जको श्रीकान्ती मार्गमा पनि आउटलेट विस्तार गरेको छ । चिया पारखी गफिने नयाँ अड्डाका लागि केशव शर्मा, प्रकाश पौडेल र नवीन शर्माले ८० लाख रुपैयाँ लगानी गर्नुभएको छ । सोमबार एक कार्यक्रमबीच नायक सलोन बस्नेत र मोडल याङ्सु श्रेष्ठले संयुक्तरूपमा चिया सागरको नयाँ आउटलेट उद्घाटन गर्नुभएको हो । चिया सागरमा ५५ प्रकारका चिया पाइन्छन् ।

विशेषगरी चिया सागरको मेनुमा मट्का, मसला, आइस टी, घरको चिया, हर्बल टी, ग्रिन टी, फ्रुट टी उपलब्ध छन् । निकै चर्चित चाहिँ मसला चिया छ । ‘ए वान ग्रेड’को मसला मिसाएर आफ्नै रेसिपी तयार पारिएको छ । चिया पारखीलाई फरक–फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा ३० देखि तीन सय रुपैयाँ कपसम्मका चिया उपलब्ध रहेका छन् ।

चिया, कफीबाहेक बेकरी आइटम पनि उपलब्ध रहेको चिया सागरका सञ्चालक केशव शर्माले बताउनुभएको छ । शर्माले भन्नुभयो, ‘नेपालीहरूमा संस्कृतिका रूपमा विकास भइसकेको आदत र शैली ‘चिया पिऊँ’ को संस्कारलाई थप परिमार्जन गरेर आधुनिक शैलीमा चिया पस्किने थलो हो चिया सागर । यहाँ एक प्रकारको शान्त, रमाइलो वातावरणसहित चिया पारखीलाई चिया खुवाउने हाम्रो उद्देश्य हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?