प्रधानमन्त्रीलाई उद्योगीका सातबुँदे सुझाव

Read Time = 2 mins

विराटनगर । नेपाल भारत व्यापार सहजीकरणका लागि उद्योग संगठन मोरङले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई मध्यनजर गरी सुझाव प्रस्तुत गरेको छ । दुवै देशबीचको व्यापारमा दीर्घकालीन महत्वलाई राख्ने विषय समेटी तयार पारिएको सुझाव उद्योग संगठन मोरङतर्फबाट प्रस्तुत गरिएको बताउँदै अध्यक्ष राकेश सुरानाले कार्यान्वयनका लागि भारतीय समकक्षीसमक्ष ठोस पहलका लागिसमेत आग्रह गर्नुभएको छ ।

सातबुँदे सुझावमा खुला सिमाना नियमन गर्नुपर्ने, कृषिजन्य उत्पादनका सम्बन्धमा (नेपाल भारत वाणिज्य सन्धिको पुनरवलोकन) गर्नुपर्ने, ट्रान्जिट ट्रिटीको सिंगल कन्सोलिडेटेड डकुमेन्ट सम्झौता गरी कार्यान्वयनमा ल्याउनुपर्ने, जुट निर्यातमा भएको अवरोध हटाउनुपर्ने, भन्सार बिन्दुमा ल्याब परीक्षणको व्यवस्था गरी निर्यात प्रवद्र्धनमा सहजीकरण गर्नुपर्ने र भारतसँगको व्यापार घाटा कम गर्न भारतले नेपाललाई सहयोग गर्नुपर्ने लगायतका सुझाव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?