भारतले निःशुल्क दिने मुर्रा राँगो पोखरा, नेपालगञ्ज र लहानका पशु सेवा विभागमा व्यवस्थापन गरिने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारत सरकारले निःशुल्क दिने उच्च प्रजनन क्षमताको मुर्रा राँगोबारे प्रस्टीकरण दिएको छ । मुर्रा राँगो उच्च प्रजनन क्षमताको हुने र नस्ल सुधारमा सहयोग हुने मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा भारतले नेपाल सरकारलाई १५ वटा मुर्रा जातका भैंसी दिने भन्ने समाचार बाहिरिए थियो । तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुर्रा जातका भैंसी नभएर उच्च प्रजनन क्षमता र नस्ल सुधारमा सहयोग पुग्ने राँगो उपलब्ध गराउने थप स्पष्ट पारेको हो ।

मन्त्रालयका अनुसार १५ वटा मुर्रा राँगोबाट ३ वर्षपछि वार्षिक डेढ लाख डोज बीर्य प्राप्त गर्न सकिने छ। यसले दूध उत्पादनमा उल्लेख्य सुधार हुने मन्त्रालयले जनाएको छ ।

नेपालले सन् २०१८ मै भारतलाई ३० वटा मुर्रा राँगो उपलब्ध गराउन अनुरोध गरेको थियो ।

नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा उक्त अनुरोध भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको औपचारिक भ्रमणका क्रममा भारत सरकार त्यसका लागि तयार भएको हो ।

प्राविधिक पक्ष टुंगिएपश्चात भारतीय पक्षबाटा नेपालको भन्सारसम्म ती उच्च प्रजनन् मानका मुर्रा राँगा उपलब्ध हुने मन्त्रालयले जनाएको छ ।
यी राँगा पशु सेवा विभाग मातहात राष्ट्रिय पशु प्रजनन् कार्यलय पोखरा, नेपालगञ्ज र लाहानमा व्यवस्थापन गरिने पनि मन्त्रालयको सूचनामा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?